
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका छन्। कांग्रेसका तीनजना मन्त्री सरकारमा सहभागी भएका हुन्।
कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नै तीन मन्त्रीलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूकाे शपथ भाेलि दिउँसाे ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ।