मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार लगातार ओरालो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

सेयर बजार आज बुधबार पनि ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज ९.४१ अंकले घटेर १८५७ विन्दुमा झरेको छ।

आज उत्पादन र म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर ओरालो लागेको छ। 

बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। यस दिन दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ६२ करोड दुई लाख रुपैयाँकाे कारोबार भएको छ।  सबैभन्दा धेरै शिवम् सिमेन्टको (तीन करोड पाँच लाख रुपैयाँ) सेयर किनबेच भएको छ। 

समग्रमा बजार घटेको दिन आज आत्मनिर्भर लघुवित्त कम्पनीको सेयर ६ प्रतिशत र श्वेतगंगा हाइड्रोको सेयर साढे पाँच प्रतिशतले बढेको छ।