सेयर बजार आज बुधबार पनि ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज ९.४१ अंकले घटेर १८५७ विन्दुमा झरेको छ।
आज उत्पादन र म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर ओरालो लागेको छ।
बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। यस दिन दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ६२ करोड दुई लाख रुपैयाँकाे कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको (तीन करोड पाँच लाख रुपैयाँ) सेयर किनबेच भएको छ।
समग्रमा बजार घटेको दिन आज आत्मनिर्भर लघुवित्त कम्पनीको सेयर ६ प्रतिशत र श्वेतगंगा हाइड्रोको सेयर साढे पाँच प्रतिशतले बढेको छ।