१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्वाङ पुरेर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलाइयाे  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१४:oo

अवरुद्ध पृथ्वी राजमार्गमा सवारी आवागमन एकतर्फी सञ्चालन भएको छ।धादिङको धार्केस्थित गणेश खोला पुलनजिकै भ्वाङ परेर सडक भासिएपछि आज बिहानदेखि राजमार्ग पुनः अवरुद्ध बनेको थियो। 

ढंगा, गिट्टी, बालुवाले भ्वाङ पुरेर अहिले एकर्फी सवारी आवागमन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 

यसअघि धुनिबेँसी नगरपालिका– ६ र थाक्रे गाउँपालिका– ८ को सिमाना जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि ग्याबिन जाली लगाएर एकतर्फी सवारी आवागमन गरिएको थियो। 

सोही स्थाननजिकै सडकमा भ्वाङ परेपछि दुवैतर्फको सवारी आवागमन पुन बन्द भएको थियो। सोमबार करिब अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग १८ घन्टापछि हिजो एकतर्फी खुलेको थियो।