१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जेल परेका इरानी पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीनजना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। 

मंगलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरीले हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन्।

अमिनीको मृत्युपछि इरानका दर्जनौँ सहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए। 

तेस्रो विजेता नरगेस मोहम्मदी हुन्। इरानमा लामो समयदेखि काम गरेकी उनी प्रेस स्वतन्त्रता र मानव अधिकार रक्षाका खातिर वर्षौँदेखि अग्रमोर्चामा रहेर काम गरेकी अग्रणी पत्रकार हुन्। 

पुरस्कृत पत्रकारहरू कारागारमा छन्। उनीहरूलाई अमेरिकासँग मिलेर काम गरेको तथा इरानको राष्ट्रिय सुरक्षा प्रतिकूल गतिविधि गरेको अभियोग लगाइएको छ। 

युनेस्कोका महानिर्देशक अड्रे अजौलेले आक्रमण, धम्की र असुरक्षाबीच पेसाप्रति प्रतिबद्ध भएर लागेका महिला पत्रकार पुरस्कृत भएका बताउँदै उनीहरूलाई इरान सरकारले कारगारमुक्त नगरेसम्म विश्वभरका पत्रकार एवं स्वतन्त्रता पक्षधरहरूले उनीहरूका पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका छन्। 

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) विश्व प्रेस स्वतन्त्रता पुरस्कार सन् १९८६ को डिसेम्बर १७ मा हत्या गरिएका कोलम्बियाली पत्रकार गुइलेर्मो कानोको नाममा स्थापना गरिएको हो। 

पत्रकार गुइलेर्मो आफ्नो पत्रिका एल एस्पेक्टाडोरको कार्यालयअगाडि मारिएका थिए। सन् १९८७ देखि हरेक वर्ष मे ३ मा विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने गरेको छ।