मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १९ मंगलबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमा तत्काल नीति अधिवेशन आवश्यक छ : प्रकाशमान सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १८:५७:oo

कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसमा तत्कालै नीति अधिवेशन आवश्यक रहेको बताएका छन्। 

रामेछाप जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले बदलिएको परिस्थितिको समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका हुन्। 

परम्परागत शैलीले मात्रै आगामी चुनौती सामना गर्न नसकिने भन्दै नयाँ पुस्ताको भावना र चाहना समेटेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। 

‘पार्टी सुधारको एक मात्रै विकल्प विधिसम्मत सञ्चालन हो। पछिल्लो समय मूल्यांकन पद्धति ठीक नहुँदा पार्टीमा दुःख गरेकाहरू पाखा पर्दै गएका छन्,’ उनले भने, ‘बदलिएको परिस्थितिको समीक्षा गरेर नयाँ बाटो तय गर्न तत्काल नीति अधिवेशन आवश्यक छ।’