
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन्।
सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आइसिटियू)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताउँदै उनले राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए।
उनले भ्रष्टाचार, सहज रूपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको बताए।
अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्द्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरमा ध्यान दिनुपर्ने बताए।