Skip This
कहिले थामिन्छ वर्षा ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कहिले थामिन्छ वर्षा ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

प्रि–मनसुन र पश्चिमी न्यूनचापीय प्रणाली एकसाथ सक्रिय हुँदा नेपालमा पछिल्लो तीन दिनदेखि वर्षा भइरहेको छ। 

वर्षाका कारण काठमाडौंमा जारी एसिसी प्रिमियर लिगका खेल पनि प्रभावित भइरहेका छन्। तर, अझै थामिने संकेत छैन।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांग शनिबारदेखिको वर्षा औसत कम हुँदै गइरहे पनि अझै दुई–तीन दिनसम्म कायमै रहने बताउँछन्। 

‘शनिबार दिनभरजसो वर्षा भएको थियो । त्यसयता केहीछिन वर्षा हुने र रोकिने भइरहेको छ,’ प्रधानांगले नयाँ पत्रिकासँग भने, ‘तर, वर्षा पूर्ण रूपमा रोकिन अझै दुई–तीन दिन लाग्छ।’ 

उनका अनुसार काठमाडौं उपत्यकामा सोमबार साँझ हल्का वर्षाको सम्भावना छ, तर राति भने वर्षा नहुने ठानिएको छ। 

मंगलबार दिउँसो भने काठमाडौं उपत्यकासहित पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना छ। प्रि–मनसुनमा निश्चित क्षेत्रमा एकैछिन वर्षा हुने र फेरि घाम लाग्ने गर्छ। तर, पश्चिमी न्यूनचापीय प्रणाली पनि सक्रिय हुँदा मनसुनजस्तो वर्षा भइरहेको हो। 

पछिल्लो ६ घन्टामा चितवन, मकवानपुर र दोलखामा क्रमशः २६‍.६, २१.४ र ३४.६ मिलिमिटर वर्षा भएको छ। काठमाडौं क्षेत्रमा भने धापड्याम क्षेत्रबाहेक अन्यत्र ठूलो पानी परेको छैन। धापड्याम क्षेत्रमा १३ मिलिमिटर वर्षा मापन भएको छ।

वर्षाले राहत, घट्यो अधिकतम तापक्रम

गर्मीयाममा वर्षा भएपछि राहत महसुस भएको छ । मध्य र पूर्वी तराईमा लु चल्न थालेकामा त्यहाँको अधिकतम तापक्रम थामिएको छ भने काठमाडौं उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ।

गत हप्ता मात्र तराई क्षेत्रमा अधिकतम तापक्रम ४२ डिग्री र काठमाडौंमा ३२ डिग्री नाघेको थियो। तर, शनिबारदेखि वर्षा हुन थालेसँगै तराईमा अधिकतम तापक्रम ३२–३३ डिग्रीसम्ममा झरेको छ। 

कम वर्षा भएका क्षेत्र धनगढी, जनकपुर, सर्लाहीको कर्मैया क्षेत्रमा अधिकतम तापक्रम ३२–३३ डिग्रीमा झरे पनि तराईका अन्य क्षेत्रमा ३० डिग्रीसम्ममा झरेको छ। त्यस्तै काठमाडौंको अधिकत तापक्रम २५ डिग्रीमा झरेको छ। तापक्रम आइतबारभन्दा सोमबार बढेको छ।