१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका अष्ट्रेलिया
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

एडलेड पुगेर टुंगियो मंगोलियन हार्टको अस्ट्रेलिया टुर, दर्शकले भने– चाँडै फर्किआऊ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अष्ट्रेलिया
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अस्ट्रेलिया टुर सम्पन्न भएको छ। १० अप्रिलमा मेलबर्नबाट सुरु भएको अस्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडलेड पुगेर टुंगिएको हो। 

ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा क्यानबेरा, २१ मा डार्बिन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेड पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको हो।

१० वर्षपछि मंगोलियन हार्ट अस्ट्रेलियाको टुरमा निस्किएको हो। त्यसकारण कन्सर्ट भएका हरेक सहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठूलो ‘क्राउड’ जम्मा भएको ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबि लामाले बताए।

हरेक सहरमा भएको कन्सर्टमा ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट आफ्नो प्रस्तुति सुरु गर्दै ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’लगायत ब्यान्डका चर्चित गीतहरू गाएर दर्शक झुमाएका थिए।

आइतबार राति एडलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै म्युजिकल टुर टुंग्याएका छन्। यात्रा टुंग्याउँदै गर्दा दर्शकदीर्घाबाट सबैले हात उठाएका थिए, अनि लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिचेका थिए।

‘हाम्रो ‘पर्खाइमा भिज्यो सिरानी’ गीतझैँ मंगोलियन हार्टलाई पर्खिँदापर्खिँदै हामीलाई प्रेम गर्ने यहाँका दर्शकहरूको पर्खाइमा सिरानी भिजेको रहेछ। जहाँ पुगे पनि सबैको उस्तै आग्रह थियो– चाँडै फर्किआऊ...। हामीले पनि अब चाँडै फर्किन्छौँ, १० वर्ष लगाउँदैनौँ भनेका छौं,’ गितारिस्ट लामाले भने।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।