१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Thursday, 01 May, 2025
२o८o बैशाख १८ सोमबार १२:४५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्‍याे सात स्रष्टालाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार १२:४५:oo

गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा सात स्रष्टालाई सम्मान गरेको छ। 

गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका अम्मर गुरुङ पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङ र गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठलाई जनही एक–एक लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो।

यसैगरी, गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङलाई नगद ५० हजार, गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की परिवर्तन र लक्ष्मी थापालाई नगद २५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव हेमराज सुवेदी, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीलगायतले स्रष्टाहरूलाई सम्मान गरेका थिए।

प्रतिष्ठानका कुलपति बिखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरूलाई छनोट गरेको थियो। छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्यसचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए।