१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीले महोत्तरीमा मनायो १६औँ स्थापना दिवस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीले आफ्नो १६औँ स्थापना दिवस मनाएको छ। 

सशस्त्र द्वन्द्व चल्दै गर्दा नेपाल प्रहरी र नेपाली सेनाको विकल्पको रूपमा दुई सुरक्षा निकायबाट मिश्रित भई बनेको सशस्त्र प्रहरी ‘शान्ति सुरक्षा प्रतिबद्धता’को आदर्श बोकेर ०५८ सालमा नेपालमा अस्तित्वमा आएकोमा  ०६४ वैशाख १६ गते सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय महोत्तरी स्थापना भएको हो।

हाल सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीबाट नामांकित भई महोत्तरीमा आफ्नो पहिलो सेवा सुरु गरेको दिनलाई स्मरण गर्दै सशस्त्र प्रहरीले १६औँ स्थापना दिवस मनाएको हो। 

महोत्तरीमा हाल सशस्त्रको एक हेडक्वार्टरसहित प्रस्तावित दुई सीमा सुरक्षा गुल्म, १० सुरक्षा बेस र ७ बिओपीसहित १९ युनिट छन्।