१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘परिवर्तनका निम्ति लडेका योद्धाहरूको योगदानको सम्मान हुनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुलाई छिटोभन्दा छिटो दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन्। सो निर्णय यसअघिकै सरकारहरूले गरेको उल्लेख गर्दै उनले वर्तमान सरकारले प्रक्रिया मात्रै अघि बढाएको प्रस्ट  पारे।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पौडेलले अयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँका दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए। वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए।

सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरूलाई रकम दिँदा देश कंगाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने तर्क गरे।

‘बहिर्गमित लडाकुहरूले ल्याएको प्रणालीमा रसस्वादन गर्न कसैले छेकेन । अनि उनीहरूलाई राज्यले अलिअलि सम्झिँदाखेरि कर्मचारी, शिक्षक, प्रहरीको कुरा तेर्स्याउन आवश्यक छ र ? कर्मचारी, प्रहरी, शिक्षकले तलब पाउनुपर्छ । राज्यले दिन्न कहीँ भनेको छैन,’ उनले भने, ‘देश र जनताको पक्षमा हिजो हिँडेकाहरू जसको टाउकोमा अहिले पनि गोली छ । जसको छातीका दुईवटा करङ भाँचिएका छन् । त्यसप्रकारका व्यक्तित्वलाई राज्यले सम्झिँदाखेरि देशचाहिँ कंगाल बन्छ, भयानक ठूलो धनराशि खर्च भएर बर्बाद भयो भन्ने गरी कोकोहोलो गर्न खोजिँदै छ त्यो भनेको अपमान हो ।’