मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख १८ सोमबार १२:१२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भान्सा सफा राख्न के राख्ने ?

Read Time : < 1 मिनेट
२०८० बैशाख १८ सोमबार १२:१२:००

स्वस्थकर जीवन जिउन चाहने हो भने भान्साको सरसफाइ अनिवार्य छ । भान्सा फोहोर भएमा विभिन्न रोगका कीटाणु खानाका माध्यमबाट हाम्रो पेटमा प्रवेश गर्छन् । जसकारण झाडापखाला, टाइफाइड, हैजाजस्ता रोग लाग्न सक्छ । त्यसैले भान्साको सरसफाइमा हामीले विशेष ध्यान दिन जरुरी छ । 

  • भान्साबाट निस्कने धुलो, धुवाँ र खारलाई कम गर्नका लागि चिम्नीको प्रयोग गर्नु राम्रो मानिन्छ । विषेश गरी तरकारी पकाउँदा खुर्सानीको राग, रोटी बनाउँदा निस्केको धुवाँ घरभरि फैलिएर प्रदूषण हुन्छ, कतिपयलाई गनाउने र कतिलाई त सासै फेर्न अप्ठ्यारो बनाउँछ । चिम्नी राखेर भान्सामा उत्पन्न धुवाँलाई बाहिर पठाउन सकिन्छ । बजारमा धेरै डिजाइनका चिम्नी पाइन्छन् । गुणस्तरीय चिम्नीको छनोट गर्नुपर्छ । 
  • भाँडाकुँडा वा आवश्यक खानेकुरा राख्नका लागि भान्सामा दराज राखिन्छ । यद्यपि, धेरै समयसम्म खानेकुरा राख्दा दराज कुहिने तथा कुनामा फोहोर जम्मा हुने हुन्छ । त्यसैले दराजको नियमित सरसफाइ गर्न आवश्यक हुन्छ । अन्यथा, भिंmगा, साङ्ला, माउसुली, लामखुट्टेजस्ता हानिकारक जीव किचेनमा देखा पर्न थाल्छन् । 
  • अहिले विभिन्न डिजाइनका डाइनिङ टेबल आउन थालेका छन् । राउन्ड टेबल पनि आउन थालेका छन् । अहिले राउन्ड डाइनिङ टेबल प्रचलनमा आएको छ । आवश्यक परेको खानेकुरा आफू बसेकै ठाउँमा ल्याउन मिल्ने खालका हुन्छन् । डाइनिङका लागि आफ्नो इच्छाअनुसारको टेबल प्रयोग गर्न सकिन्छ, तर सफा राख्न जरुरी छ । 
  • गर्मीमा फ्रिजको आवश्यकता अझै धेरै हुन्छ । यसलाई समय–समयमा सफा गरिरहनुपर्छ । नरम कपडालाई कागतीपानीमा भिजाएर फ्रिजमा लागेको दाग हटाउन सकिन्छ । 
  • सामान्यतया जुठा भाँडाकँुडा राख्नुहुन्न, माझिहाल्नुपर्छ भन्ने हाम्रो मान्यता छ । स्वास्थ्यका दृष्टिकोणले यो एकदमै ठीक हो । जुठो भाँडा लामो समयसम्म राख्दा त्यसमा ब्याक्टेरिया जम्मा हुन्छन् । जसका कारण हाम्रो शरीरमा रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ । तसर्थ, खाना खाइसकेपछि सकेसम्म छिटो भाँडा सफा गर्नुपर्छ ।