१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आकस्मिक उद्धारका लागि सेनाले बनायो रुबीभ्यालीको सेर्तुङमा हेलिप्याड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३६:oo

नेपाली सेनाले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका- ३ सेर्तुङमा हेलिप्याड निर्माण गरेको छ।

विपतमा परेका, जटिल अवस्थाका गर्भवती र सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोकराज बरालले बताए।

धादिङको उत्तरी क्षेत्र रुबीभ्याली र गंगाजमुना गाउँपालिकामा सहज सडक सञ्जालको पहुँच नहुँदा स्थानीयहरू कष्टकर दैनिकी गुजारा चलाइरहेका छन्।

उनले भने, ‘उत्तरी धादिङमा आपतकालीन अवस्था र जटिल खालका बिरामीको उपचार गर्न हेलिकाेप्टर नै राम्रो विकल्प हो। सेर्तुङवासीको आवश्यकता मध्यनजर गरेर हेलिप्याड निर्माण गरेको हो,’ उनले भने।

जनहित कार्यक्रमअन्तर्गत हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको उनले बताए। पालिकाको पनि उस्तै सहयोग रह्यो।

उनले भने, ‘१० लाखमा बन्न त सम्भव थिएन। तर, अन्य सहयोग र श्रमदानबाट निर्माण गर्न सफल भयौँ। सबैलाई धन्यवाद। अब लाभग्राहीले सक्दो लाभ र उपयोग गर्न सके हाम्रा लागि त्यो ठूलो उपलब्धि हो,’ उनले भने।

गाउँपालिकाको समन्वयमा सेनाले दश लाखको लगानीमा हेलिप्याड निर्माण गरेको हो। हेलिप्याड निर्माण भएपछि स्थानीय खुसी भएका छन्। अब अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने उनीहरूकाे विश्वास छ। 

ad
ad