१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

महावीर पुनसँग आज फेरि वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१२:oo

 सरकारी वार्ता टोलीले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुन पक्षसँग सोमबार निर्णायक वार्ता गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्याल नेतृत्वको वार्ता टोलीले आइतबार साँझ तीन घन्टा पुनसहितसँग सिंहदरबारमा छलफल गरेको थियो । तर, वार्ता निष्कर्षविहीन बनेपछि सोमबार दिउँसो साढे ३ बजेका लागि वार्ता तय भएको छ । 

‘वार्ता पजिटिभ भएको छ, केही प्राविधिक विषय मिलाउनुपर्नेछ । सोमबार फाइनल हुन्छ,’ सरकारी वार्ता टोलीका संयोजक अर्यालले नयाँ पत्रिकासँग भने । वार्ता टोलीमा अर्थ, शिक्षा र कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोगका सहसचिव र सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधि सदस्य छन् ।

सरकारले वार्ता टोली गठन गर्नुअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागीले पुनसँग छलफल गरेका थिए । खड्कासँगको छलफल सकारात्मक भएको भनिए पनि सरकारले सचिव अर्यालको नेतृत्वमा समिति बनाएको थियो । पुनले भने तीन घन्टा छलफल भए पनि सहमति जुट्न नसकेको बताए । पुन नेतृत्वको टोली अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ बनाउनुपर्नेसहित चारवटा माग राखेर १४ वैशाखबाट माइतीघरमा धर्नामा छ । 

ad
ad