मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
पदम पाण्डे (बायाँ), सुरेन्द्र अर्याल (दायाँ)
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा सचिवमा पाण्डे र राष्ट्रिय सभा सचिवमा अर्याल सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:११:oo

प्रतिनिधिसभा सचिवमा पदम पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्यालको नाम सिफारिस भएको छ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँचवर्षे कार्यकाल शुक्रबार सकिएको थियो। रिक्त सचिव नियुक्तिका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई नाम सिफारिस गरेका हुन्।

पाण्डे बहालवाला नायब महान्यायाधिवक्ता हुन् भने अर्याल सहसचिव हुन्। अर्याल हाल सार्वजनिक लेखा समिति सचिवसमेत हुन्। संवैधानिक व्यवस्थाअनुसार सभामुख र अध्यक्षको सिफारिसमा सदनको सचिव नियुक्त हुन्छन्। 

सभामुख घिमिरेले सचिव नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको बताए। सचिव नियुक्ति भएपछि संसदीय समितिको काम कारबाही अघि बढ्ने उनको भनाइ छ।