१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १७ आइतबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्प प्रभावितका लागि रेडक्रसद्वारा अस्थायी आवास निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १६:२४:oo

नेपाल रेडक्रस सोसाइटीले डोटीको पूर्वीचौकी गाउँपालिकामा भूकम्प प्रभावितहरूका लागि दुई सय ३३ अस्थायी आवास निर्माण गरेको छ। ०७९ कात्तिक २२ गते ६.६ रेक्टरस्केलको भूकम्पका कारण विस्थापित परिवारका लागि अस्थायी टहरा निर्माण गरिएको रेडक्रस डोटीका सभापति खडक खड्काले बताए।

भूकम्पका कारण जिल्लाको पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाका स्थानीय बढी प्रभावित भएका थिए।  ट्रस, टिन तथा स्थानीय सामग्रीको प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको हो। पूर्ण रूपमा घर भत्किएपछि ६ महिनादेखि त्रिपालमा बस्दै आएका परिवारका लागि अस्थायी टहरा निर्माण गरिएको हो।

प्रभावित परिवारको खातामा अस्थायी आवास निर्माणका लागि ७३ हजार ६ सय, पोषण तथा तत्कालीन आवश्यक खर्चका लागि १५ हजार र हेन्डवास स्टेसन निर्माणबापत  चार हजार, शौचालयका लागि १० हजार  प्रदान गरिएको  रेडक्रस डोटी शाखाका महामन्त्री सुवास श्रेष्ठले जानकारी दिए।

प्रभावित परिवारका लागि विभिन्न गैरसरकारी संस्थाको पहलमा अस्थायी आवास निर्माणको कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। ‘हामीले भूकम्प प्रभावितहरूलाई पुनर्स्थापनाका लागि प्रदेश सरकार र संघीय सरकारसँग पनि अपिल गरेका छौँ। आशा गरौँ नयाँ बजेटमा समावेश हुनेछ,’ उनले भने।

भूकम्पका कारण डोटीमा झन्डै  एक हजार आठ सय घर बस्न नमिल्ने गरी चर्किएका डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने, ‘जिल्लाभरका भूकम्प प्रभावितहरूको विवरण यकिन गरी सम्बन्धित ठाउँहरूमा पठाएका छौँ। यसका लागि आवश्यक पहल हुन्छ।’