१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३४:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो। 

साथै, पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ।

केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो। 

भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको हो। 

सरकारमा सहभागी हुने वा दिएको समर्थन फिर्ता लिने भन्ने विषयमा भोलिको बैठकमा निर्णायक छलफल हुने छ। शुक्रबार नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लामिछानेलाई रोजेको मन्त्रालय दिएर सरकारमा सहभागी गराउने बताएका थिए।