मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १७ आइतबार १०:१९:००
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : ‘ब्ल्याक बेल्ट’ पाउनुको अर्थ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १७ आइतबार १०:१९:००

मार्सल आर्टको लामो अभ्यासपछि एक युवकलाई ब्ल्याक बेल्टका लागि सिफारिस गरियो । ब्ल्याक बेल्ट वितरण समारोहमा जब उनी बेल्ट लिन मञ्चमा पुगे, तब मार्सल आर्टका मुख्य प्रशिक्षकले उनलाई भने– ब्ल्याक बेल्ट पाउनुअघि तिमीले थप एउटा परीक्षा दिनुपर्छ । के तिमी त्यसका लागि तयार छौ ? 

युवकले केही झुकेर जवाफ दिए– म तयार छु गुरु ! सायद कसैसँग भिडन्त गर्नुपर्ने होला भन्ने उनले सोचे । तर, मुख्य प्रशिक्षकको दिमागमा भने अर्थोकै चलिरहेको थियो । उनले युवकलाई सोधे– तिम्रा लागि ब्ल्याक बेल्ट प्राप्त गर्नुको वास्तविक अर्थ के हो ?

युवकले उत्तर दिए– यो मेरो यात्राको अन्त्य हो । मेरो कठोर परिश्रमको इनाम पनि हो यो बेल्ट । मुख्य प्रशिक्षक उनको उत्तरबाट सन्तुष्ट भएनन् । उनले भने– तिमी अहिले ब्ल्याक बेल्ट पाउन योग्य भइसकेका छैनौ । एक वर्षपछि फेरि आऊ । युवक विनम्रतापूर्वक झुकेर गुरुलाई अभिवादन गरेर त्यहाँबाट बिदा भए । एक वर्षसम्म कठोर परिश्रमपूर्वक अभ्यास गरिसकेपछि युवक पुनः ब्ल्याक बेल्ट लिन गए । मुख्य प्रशिक्षकले पुनः पहिलेकै प्रश्न दोहो¥याए । यसपटक युवकले जवाफ दिए– यो बेल्ट यस मार्सल आर्टको सबैभन्दा ठूलो उपलब्धि पाउनुको चिनारी हो । मुख्य प्रशिक्षक यसपटक पनि उनको प्रश्नबाट सन्तुष्ट भएनन् । युवकले थप केही भन्छन् कि भनेर उनी केहीबेर मौन रहे । तर, युवक शान्त नै रहे । मुख्य प्रशिक्षकले यसपटक पनि उनलाई निराश बनाउँदै भने– तिमी यसपटक पनि बेल्टका लागि योग्य भइसकेका छैनौ । जाऊ, थप मिहिनेत गर र अर्को वर्ष आऊ ।

एक वर्षपछि युवक पुनः बेल्ट लिन पुगे । यसपटक पनि मुख्य प्रशिक्षकले उही प्रश्न सोधे– तिम्रा लागि ब्ल्याक बेल्ट प्राप्त गर्नुको वास्तविक अर्थ के हो ? युवकले आत्मविश्वासका साथ जवाफ दिए– ब्ल्याक बेल्ट आरम्भ हो । यो कहिल्यै समाप्त नहुने यात्रा हो, जसमा अनुशासन छ, कठोर परिश्रम छ र जहिल्यै सर्वोत्तम मापदण्ड छुने लालसा छ । मुख्य प्रशिक्षकले खुसी हुँदै भने– एकदम ठिक भन्यौ । अब भने तिमी ब्ल्याक बेल्ट पाउन बिल्कुलै लायक बनेका छौ । यो सम्मान ग्रहण गर र आफ्नो काममा लाग ।