
सन् १९४५ : जर्मन तानाशाह एडोफ हिटलर र उनकी पत्नी इम ब्राउनद्वारा बर्लिनको एउटा बंकरमा आत्महत्या ।
सन् १९९३ : टेनिस स्टार मोनिका सेलेसलाई एक पागल प्रशंसकद्वारा छुरा प्रहार । छुरा हमलाले गम्भीर घाइते नबने पनि मनोवैज्ञानिक असरका कारण सेलेसले दुई वर्षभन्दा बढी कुनै पनि प्रतियोगिता खेलिनन् ।
सन् १९७५ : भियतनाम युद्धको अन्त्य । कम्युनिस्ट सेनाले भियतनामको सबैभन्दा ठूलो सहर हो चि मिन्हलाई नियन्त्रणमा लिएपछि दक्षिण भियतनामी राष्ट्रपति डुङ भान मिन्हले पदबहालीको दुई दिनमै विनासर्त आत्मसमर्पण गरे ।
सन् १९१६ : जर्मनी र प्रथम विश्वयुद्धमा उसका सहयोगीहरू डेलाइट सेभिङ टाइम (डिएसटी) प्रयोग गर्ने पहिलो देश बने । बेलायतलगायत केही युरोपेली देशले त्यसको अर्को वर्ष डिएसटी प्रयोगमा ल्याए ।
सन् १७८९ : जर्ज वासिंटन अमेरिकाको पहिलो राष्ट्रपति बनेको दिन । वासिंटनको न्युयोर्क सहरको संघीय हलको बालकनीमा उनले शपथग्रहण गरेका थिए । अमेरिकामा उनलाई देशको संस्थापक पिताको रूपमा सम्मान गरिन्छ ।
सन् २०१३ : आफ्नी आमा तथा रानी बिट्रिक्सले राजकाज त्याग गरेपछि विलेम–अलेक्जेन्डर नेदरल्यान्डको राजा बने । राजकाज त्याग गरेको ३३ वर्षअघि उनी राजसिंहासनको जिम्मेवारी ग्रहण गरेकी थिइन् ।