१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता : पुरुषतर्फ संखुवासभा र महिलातर्फ भोजपुर प्रथम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२९:oo

‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणअन्तर्गत पुरुषतर्फको उपाधि सभापोखरी गाउँपालिका–३ बाह्रबिसे संखुवासभा र महिलातर्फको उपाधि रामप्रसाद राई गाउँपालिका–८ बासिखोरा भोजपुरले जितेका छन्।

खोटेहाङ गाउँपालिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो। खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको प्रांगणमा शुक्रबार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको सभापोखरी–३ ले नगद रु एक लाख १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको दोस्रो स्थानमा चित्त बुझाएको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ भोजपुरले नगद रु ७० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

पुरुषतर्फ विभिन्न जिल्लाका २६ समूहले सहभागिता जनाएका थिए। सेमिफाइनलिस्ट दुई समूह बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले नगद रु ३५-३५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

महिलातर्फको प्रथम टिम रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले नगद रु ७५ हजार, दोस्रो हुने भोजपुरकै आमचोक गाउँपालिका–९ दुम्मानाले नगद रु ४० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

सेमिफाइनलिस्ट दुई समूह बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले नगद रु २५/२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

विधागतमा पुरुषतर्फको सर्वोत्कृष्ट सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकरमा रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए।

महिलातर्फ सर्वोत्कृष्टमा रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोकका आरुशा तामाङ घोषित भएका छन्। उनीहरूलाई नगद रु पाँच/पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगिताको अनुशासित दुई समूह पुरुषतर्फको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र महिलातर्फको बराहपोखरी गाउँपालिका–४ फाक्टाङलाई नगद रु पाँच-पाँच हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। विजेता समूह र विधागत खेलाडीहरूलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई र विभिन्न वडाका वडाध्यक्षहरूले पुरस्कार प्रदान गरेका थिए।

वार्षिक उत्सव समापन कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट कृषक समूह, उत्कृष्ट पशुपालक समूह, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षकलगायतलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

ad
ad