१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १५ शुक्रबार २o:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम्बोडियाका प्रधानमन्त्रीलाई लुम्बिनीको ‘कालानमक चामल’ उपहार पठाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार २o:४९:oo

बुद्धकालीन समयको कालानमक धान उपहार स्वरुप कम्बोडिया लगिने भएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरूप कालानमक चामल’ प्रदान गर्ने भएका हुन् । 

यही १९ वैशाख (मे २)का दिन कम्बोडियामा हुने अन्र्तराष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै माग अनुसार उपहार स्वरुप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताए । 

कार्यक्रममा सहभागी हुन जानुअघि शुक्रबार उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेका छन् । 

बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत चार वर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालीन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ ।  

‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुसीको कुरा हो,’ भिक्षु मेत्तेयले भने, ‘हामीले राज्य उपहार स्वरूप कालानमक चामल दिन लागेका हौँ ।’ 

बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमामा  कालानमक रोपेर धान मंगलोत्सव गरिने इतिहासमा उल्लेख छ । 
खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि समेत असाध्यै राम्रो मानिन्छ । तर, बौद्धसम्पदासँग जोडिएका  कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन् । 
यो चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ ।