
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।
यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट निर्वाचित भएका थिए । उपेन्द्र यादव बारामै रहेकाले आज उनको शपथग्रहण भएन । उनले काठमाडौं आएपछि शपथ लिनेछन् ।