१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२७ वर्षपछि सिराहा बजारमा चल्यो डोजर [तस्बिरहरू]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

जिल्ला सदरमुकाम सिराहामा नगरपालिकाले डोजर चलाएको छ। मुख्य बजार क्षेत्र रहेको सदरमुकाममा नगरपालिकाले डोजर चलाउँदै अतिक्रमित क्षेत्र खाली गर्ने अभियान थालेको छ। 

पूर्व–पश्चिम राजमार्गको चोहर्वादेखि सीमावर्ती माडरको लचकाटोलसम्मको सडक विस्तारमा मुख्य बाधक रहेको सदरमुकामको बजार क्षेत्रमा २७ वर्षपछि डोजर चलेको हो। 

सहायक राजमार्गको मापदण्डअनुसार अहिले सडकको बीचबाट दुवैतर्फ १५–१५ मिटर सडक क्षेत्र खाली गराउन नगरपालिकाले डोजर चलाएको मेयर डा. नवीनकुमार यादवले बताएका छन्। लामो समयदेखि सडक विस्तार रोकिएकाले आफूले अग्रसर हुँदै सडक फराकिलो गर्न डोजर चलाएको उनले बताएका छन्। 

सदरमुकामदेखि सीमावर्ती माडर बजारसम्मको सडकमा रहेको सयौँ घरटहरामा नगरपालिकाले डोजर चलाएको छ। 

सडक फराकिलो गर्ने काम सदरमुकामको विकासका लागि गाँठो फुकाउने कामसरह भएको कार्यपालिका सदस्य रवीन्द्र साहले बताएका छन्। सडक फराकिलो नहुँदा बजार क्षेत्र व्यवस्थित हुन नसकेको भन्दै साहले साहसिक प्रयास भएको बताएका छन्। 

०५३ सालमा सिराहा नगरपालिकासँगै अन्य नगरपालिकाहरू पनि घोषणा भए पनि विकासमा सिराहा पछाडि रहँदै आएको र त्यसको एउटा बाधक सडक फराकिलो नहुनु पनि रहेको स्थानीय शैलेन्द्र कामतीले बताएका छन्।

‘चार लेन सडक बन्ने भएकाले बजार क्षेत्र फराकिलो नहुँदा विकास नै रोकिएजस्तै थियो,’ स्थानीय सकलदेव गुर्मैताले भने, ‘सडक फराकिलो अभियानले विकासको मूल फुटाउने काम भएको छ।’

सडक फराकिलो गर्ने क्रममा नगरपालिकाले ३० मिटर क्षेत्रमा पर्ने बजार क्षेत्रका सयौँ घरमा डोजर चलाएको छ। यता एनएच– २० नामकरण गरी सिराहाको सहिद राजेश ठाकुरपार्कदेखि चोहर्वातर्फ अढाई किलोमिटरमा चार लेन सडक निर्माण पनि सुरु भइसकेको छ।