१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o८:oo:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

छोरीलाई उत्तराधिकारी बनाउन लागेका हुन् किम जोङले ?

प्राय परीक्षणमा किमकी छोरीको उपस्थितिले किम परिवारले उनलाई नेतृत्वको लागि तयार गरिरहेको अनुमान बढेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

उत्तर कोरियाका अन्य बालबालिका विद्यालयमा पढिरहँदा नेता किम जोङ उनकी छोरी भने आफ्ना बुबासँग परमाणु हमलामा अमेरिकी सहरहरूलाई ध्वस्त पार्न डिजाइन गरिएका नयाँ मिसाइलको परीक्षण अवलोकन गर्दै थिइन् । घुम्रिएको कपालसहित कालो पोसाकमा सजिएकी उनी पितासँगै देखिन्थिन्, जो हातमा चुरोट लिएर अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल आकाशमा उडिरहेको हेरिरहेका थिए । 

किम जु एले अन्तरमहादेशीय परीक्षणका क्रममा बाबुका साथमा देखिएको तेस्रोपटक हो । जु ए र उनकी आमा फेब्रुअरीमा शीर्ष सैन्य अधिकारीहरूका लागि दिइएको भोजमा किमको छेउमा उभिएका थिए, जुन प्योङयाङको सडकमा आयोजित विशाल सैन्य परेडको अवसर थियो । 

उत्तर कोरियाले उनका कोही दाजुभाइ, दिदिबहिनी छन् वा छैनन् भन्ने प्रस्ट पारेको छैन । उनको उमेर पनि रहस्यमय छ । यद्यपि, उनी ११ देखि १२ वर्षकी भएको अनुमान गरिएको छ । विश्वलाई आधिकारिक रूपमा उनको नाम पनि थाहा छैन र नोभेम्बरदेखि उनी राज्यको प्रचार संयन्त्रको प्रमुख बनेकी छिन् । किम जोङ उनले मिसाइल प्रहारका लागि निर्देशन दिँदा उनी सँगै देखिने गरेकी छिन् । त्यस्तै, उनी सेनाका जर्नेलहरूसँग खाना खान्छिन् र हजारौँ सिपाहीहरूले गर्ने परेडको अध्यक्षता गर्छिन् ।

‘अनमोल बालिका’ र ‘आदरणीय छोरी’का रूपमा चित्रण गर्दै सरकारी सञ्चार माध्यमहरूले हालै उनको तस्बिर सार्वजनिक गरेका थिए । दक्षिण कोरियाको जासुसी निकायले उनको नाम जु ए भएको र उनी सम्भवतः १० वर्षकी भएको अनुमान गरेको छ ।

उत्तर कोरियाली नेताहरूले यसअघि आफ्ना सन्तान वयस्क बनेर राजकाजमा संलग्न नहुँदासम्म उनीहरूबारे जानकारी दिँदैनथे । नोभेम्बरमा पहिलोपटक सार्वजनिक हुँदा किम जु एले आफ्ना बुबाको हात समात्दै परमाणु–क्षमतायुक्त अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको अवलोकन गरेकी थिइन् । त्यसपछि उनी प्राय परिक्षणमा देखिने गरेकी छिन् । 

उत्तर कोरियाली नेताहरूले यसअघि आफ्ना सन्तान वयस्क बनेर राजकाजमा संलग्न नहुँदासम्म उनीहरूबारे जानकारी दिँदैनथे । तर किमले आफ्नी छोरीलाई देशकै सबैभन्दा शक्तिशाली हतियार ब्यालिस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपणको उत्सव मनाउन सरकारी सञ्चार माध्यममा ‘डेब्यु’ गरे । त्यसको एक हप्तापछि हजारौँ प्रशंसक र सैनिकहरूले जु एको कार्यको स्वागत गरेका थिए । 

सेतो ज्याकेटमा सजिएर आफ्ना बुबाको हात समात्दै नोभेम्बरमा पहिलोपटक सार्वजनिक हुँदा किम जु एले परमाणु–क्षमतायुक्त अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको अवलोकन गरेकी थिइन् । जु एलाई किमको सम्भावित उत्तराधिकारीको रूपमा प्रस्तुत गरिएको हो वा होइन त्यो हेर्न बाँकी छ, तर आणविक परीक्षण स्थलमा उनको उपस्थितिले किम परिवारले नयाँ पुस्ता तयार गरिरहेको आकलन गर्न सकिन्छ ।

विलासी जीवन बिताउँछिन् जु
दक्षिण कोरियाको राष्ट्रिय खुफिया सेवाका अनुसार देशका नागरिकहरू बढ्दो खाद्य संकटको सामना गरिरहेका वेला उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी भने आरामपूर्ण जीवनको आनन्द उठाइरहेकी छिन् । गुप्तचर एजेन्सीका अनुसार उनी आफ्नो खाली समय पौडी खेल्ने, स्किइङ गर्ने र घोडा चढ्ने काममा बिताउँछिन् ।

प्योङयाङमा घरमै शिक्षा लिइरहेकी उनी कहिल्यै औपचारिक शैक्षिक संस्थामा गएकी छैनन् । छोरी घोडचढीमा कुशल भएकोमा किम खुसी छन् । पछिल्ला केही महिनायता किम आफ्नो शक्तिशाली एवं विनाशकारी मिसाइलको शस्त्रागार छोरीलाई देखाउन व्यस्त छन् । 

केही सञ्चार माध्यमले किम जु ए नै उत्तर कोरियाको उत्तराधिकारी हुने दाबी गरेका छन् । तर दक्षिण कोरियाली अधिकारीहरू भने यो विषयबारे अहिल्यै बोल्न हतार हुने बताउँछन् । दक्षिण कोरियाका एकीकरण मन्त्री क्वोन योङसेले आफ्नो छिमेकी देश पुरुष प्रधान भएकाले जु किमको उत्तराधिकारी नहुने बताउँछन् । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमका सन्तानबारे कहिल्यै उल्लेख गरेको छैन । यद्यपी, सियोलको जासुसी एजेन्सीले भने किमका १३, १० र ६ वर्षका तीन सन्तान रहेको अनुमान गरेको छ । जु ए किमकी दोस्रो सन्तान भएको गुप्तचर निकाय र विश्लेषकहरूले अनुमान गरेका छन् ।