१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:२५:oo

दार्चुलाबाट एकजना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। व्याँस गाउँपालिका– ६ निवासी ३० वर्षीया भागरथी बडूको हेलिकाेप्टरबाट उद्धार गरिएको हो। 

बडूको गर्भमा जुम्ल्याहा बच्चा थिए। एक बच्चालाई जन्म दिएको र अर्कोलाई जन्माउन नसकेर जोखिममा परेकी कारण उनको हेलिकोप्टरबाट उद्धार गरिएको हो। उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकाेप्टरबाट बुधबार बिहान उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। 

बडूले एक बच्चालाई मंगलबार जन्म दिएकी थिइन् । अर्को बच्चा जन्माउन नसक्दा थप उपचारका लागि हेलिकाेप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उनले बताइन्।

ad
ad