१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन २ मा १९ उम्मेदवारको जमानत जफत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५९:oo

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका १९ जनाको जमानत जफत भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

चितवन २ मा राजनीतिक दलका १२ र स्वतन्त्र १० गरी २२ उम्मेदवार चुनावी मैदानमा थिए। तीमध्ये १९ जनाको जमानत जफत भएको हो। 

यहाँ ७८ हजार ६६४ मत खसेकोमा ७७ हजार ४ सय ६६ मत सदर भएको थियो। सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३७५, राष्ट्रिय उन्मुक्ति पार्टीका राजेश अधिकारीले ७५, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ४७, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले ११०, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले २२१ मत ल्याएका छन्। 

यस्तै, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठले ४१, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसीले १८, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका छत्रकुमार पाख्रिनले ३८ र जय जन्मभूमि पार्टीका प्रेमबहादुर खड्काले ७२ मत मात्र ल्याए। 

यस्तै, स्वतन्त्रतर्फ अम्बिका भट्टले ३७, ताराप्रसाद पौडेलले २, भाष्करचन्द्र न्यौपानेले २१, मोजराज बगालेले १६, रामकृष्ण ओझाले ९, लक्ष्मीमाया कोइरालाले २१, विक्रम श्रेष्ठले १३, सन्तोष थापाले ३, सुमन श्रेष्ठले १९ र सुवास परियारले १२ मत प्राप्त गरेका छन्।  

गत मंसिर ४ को निर्वाचनमा पनि १६ उम्मेद्वारमध्ये १३ जनाको जमानत जफत भएको थियो। 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्।