१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १२ मंगलबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १२ मंगलबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १२ मंगलबार १८:११:oo

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जसपाका उपेन्द्र यादवको अग्रता कायमै छ। 

४५ हजार १५० मतगणना हुँदा उपेन्द्रले १८ हजार ८०८ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १५ हजार ४५८ मत ल्याएका छन्। 

एमालेका पुरुषोत्तम पौडेलले पाँच हजार ५६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार २६८ मत पाएका छन्।

पछिल्लो समय शिवचन्द्रले उपेन्द्रसँगको अन्तरलाई लगातार घटाइरहेका छन्। यसअघि ४१ हजार ७६८ मतगणना हुँदा उपेन्द्रसँग पाँच हजार १० मतको अग्रता थियो। 

पछिल्लोपटक सार्वजनिक गरिएको मतपरिणामअनुसार भने अग्रता घटेर तीन हजार ३५० मा आएको छ। 

उपनिर्वाचनमा यहाँ कुल एक लाख पाँच हजार २४८ मतदाता रहेकोमा ६९ हजार १०७ मत खसेको छ। 

अहिलेसम्म कोल्हवी नगरपालिकाका ८, करैयामाईका ८, सुवर्ण गाउँपालिकाका ७ वडाको मतगणना सम्पन्न भइसकेको छ। पचरौता नगरपालिकाका ९ र महागढीमाई नगरपालिकाका ६ वटा वडाको मतगणना बाँकी छ।