१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन २ मा रविको जित निश्चित, कांग्रेस र एमाले जमानत जोगाउन सफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। ठूला भनिएका कांग्रेस र एमाले पार्टी जमानत बचाउन सफल भएका छन् ।

मंगलबार बिहानसम्म ६४ हजार पाँच सय ४४ मत गणना हुँदा लामिछानेले ४५ हजार आठ सय ४२ मत पाएका छन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठको मत आठ हजार चार सय २५ मात्र छ। रामप्रसाद न्यौपानेले आठ हजार तीन सय २९ मत प्राप्त गरेका छन् ।  १३ हजार सात सय ३३ मत गणना हुन बाँकी हुँदा लामिछाने प्रतिस्पर्धीभन्दा ३७ हजार चार सय १७ मतले अघि देखिन्छन् । 

मंसिरमा भन्दा प्रत्येक वडामा लामिछानेले यसपटक बढी मत पाएका छन् । अब कालिका नगरपालिकाको ७ वडाको मात्र मत गन बाँकी छ । रविका समर्थक मतदानस्थलअघि भेला भएर रमाइलो गरिरहेका छन् । प्राप्त गरेको मतलाई आधार मान्दै राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले अघिल्लोपटकभन्दा अझ बढी मतान्तरले रविले चुनाव जित्ने दाबी गरेका छन्। 

चितवनको उपनिर्वाचनका लागि चितवन २ मा दुई महिलासहित २२ उम्मेदवारी थियो । जसमध्ये राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार १० जना रहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी मानिए पनि रविले निकै मतान्तरले यहाँबाट पुनः निर्वाचन जित्दै छन् । 

४ मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट देशभरमै सबैभन्दा धेरै मतान्तर (३४ हजार तीन सय १२ मतान्तर)ले निर्वाचित भएका थिए । तर, उनले नागरिकता पुनः लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेको थियो । त्यसैका कारण यहाँ उपनिर्वाचन भएको हो । यो मतान्तर रविले बढाउन सफल भएका छन् । 

उपनिर्वाचनको मतगणना तारजाली र सिसिक्यामेराको निरानीमा भरतपुर १० मा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।  चितवन २ मा ७८ हजार दुई सय ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए । जसमध्ये महिला ४० हजार चार सय ५५ र पुरुष ३७ हजार आठ सय २२ जनाले मतदान गरेका थिए ।