Skip This
सुडानमा १९ नेपाली भेटिए, सबै सकुशल : परराष्ट्र मन्त्रालय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुडानमा १९ नेपाली भेटिए, सबै सकुशल : परराष्ट्र मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:२२:oo

१० दिनदेखि सेना र अर्धसैनिक बलबीच भिडन्त हुँदै आएको सुडानमा १९ जना नेपाली नागरिक फेला परेका छन् । उनीहरू सबै सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

‘विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको छ,’ परराष्ट्रले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

इजिप्टको कायरोस्थित नेपाली दूतावासद्वारा सुडानमा रहेका नेपालीहरू, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपालीहरू, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायहरूसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक भइरहेको पनि परराष्ट्रले जनाएको छ । उल्लेखित १९ बाहेक तीनजना नेपाली शान्ति सैनिक आइतबार अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएका छन् ।

खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपालीहरू पनि आइतबारै खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरेका छन् । उनीहरू त्यहाँबाट हवाई सेवामार्फत युगान्डा जाने तयारीमा रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । 
 

ad
ad