Skip This
सांसद् खतिवडाको प्रस्ताव- ७० वर्षमाथिकालाई निःशुल्क उपचारको व्यवस्था गरौँ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद् खतिवडाको प्रस्ताव- ७० वर्षमाथिकालाई निःशुल्क उपचारको व्यवस्था गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

कांग्रेस सांसद् रामहरि खतिवडाले बजेटमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था हुने गरी बजेट बनाउन सुझाव दिएका छन्।

सोमबार बजेटबारे कांग्रेस सांसद्हरूसँग छलफलका क्रममा उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई यस्तो सुझाव दिएका हुन्। संसद् भवन बानेश्वरमा भएको छलफलमा खतिवडाले कांग्रेस पटक-पटक सरकारमा गए पनि जनस्तरमा सम्झने योजना ल्याउन नसकेको बताए।

‘आगामी बजेटमार्फत ७० वर्षमाथिकालाई निःशुल्क उपचार हुने कार्यक्रम ल्याऔँ। कांग्रेस पटक-पटक सरकारमा गयौँ, तर जनस्तरमा सम्झने योजना ल्याउन सकिएको छैन। हिजो बिपीले जसरी सरकारमा रहँदा जनताका बारेमा सोच्नुहुन्थ्यो त्यसबाट हामीले सिक्नुपर्छ, बजेटमा जनपक्षीय कार्यक्रमहरू समेटिनुपर्छ,’ उनले सुझावका क्रममा भने।