१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ११ सोमबार ११:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ११ सोमबार ११:१९:००

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । लघुवित्तको पाँचौँ वार्षिक साधारणसभाले संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले करसहित २५ करोड ६५ लाख ६७ रुपैयाँ वितरण गर्ने  प्रस्ताव पारित गरेको हो ।  

सभाले विभिन्न एजेन्डासहित संस्थाको आव ०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण असार मसान्त ०७९ को वासलात, आव ०७८/७९ नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरूसमेत पारित गरेको जनाइएको छ ।

संस्थाले देशका ७४ जिल्लामा दुई सय ८७ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । आफ्ना कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखेको संस्थाको भनाइ छ । चालू आव ०७९/८० को दोस्रो त्रैमासिकको अन्त्यसम्ममा वित्तीय संस्थाले दुई लाख तीन हजार आठ सय ६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको जनाइएको छ ।