१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोकतन्त्र दिवसले सुशासन तथा समृद्धिको पथमा अघि बढ्न प्रेरित गरोस् : प्रमुख शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले १७औँ लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सुशासन तथा समृद्धिको पथमा अघि बढ्न दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

प्रदेश प्रमुख शर्माले सन्देशमा जनतालाई सर्वोपरि ठानी काम गर्न सके लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्नुका साथै देश विकास र समृद्धिउन्मुख हुनेमा कुनै शंका नरहेको उल्लेख गरेका छन्।

शुभकामना सन्देशमार्फत प्रमुख शर्माले लोकतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो जीवनलाई लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति समर्पित सम्पूर्ण लोकतान्त्रिक योद्धाहरूप्रति उच्च सम्मान रहेको बताएका छन्।

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा ०६२/६३ को वसन्तक्रान्तिपश्चात् मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै यसलाई गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा मनाउनुपर्ने उल्लेख गरेका छन्।

प्रमुख शर्माको सन्देशमा ‘यही बलिदानको जगमा खडा भएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको संविधान प्राप्त गरी अधिकारसम्पन्न नागरिक भएका छौँ। यसर्थ पनि हामीले इतिहासप्रति सदैव गौरवबोध गर्नुपर्दछ’ भनिएको छ।