१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

४६ सेकेन्डमै दीपकको गोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo

युवा स्ट्राइकर दीपकराजसिंह ठकुरीले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ४६ सेकेन्डमै गोल गरेका छन् । सातदोबाटो युथका २३ वर्षीय स्ट्राइकर दीपकले आइतबार हिमालयन शेर्पा क्लबविरुद्ध खेलको ४६ सेकेन्डमै गोल गरेका हुन् । च्यासल मैदानमा रेफ्री उमेश बिडारीले ‘ह्विसल’ फुकेलगत्तै पासाङ लामाले मिलाएको क्रसमा बक्सभित्र अनमार्क रहेका दीपकले हेडिङ गोल गरे । जारी लिगको सर्वाधिक छिटो गोलको रेकर्ड दीपकको नाममा रह्यो । 

यसअघि, आर्मीका जिलेस्पीजंग कार्की र फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले खेल सुरु भएको चार मिनेटमा गोल गरेका थिए । जिलेस्पीले सातदोबाटो र प्रकाशले फ्रेन्ड्सविरुद्ध गोल गरेका थिए । हिमालयनविरुद्ध दुई गोलसँगै दीपकले लिगमा आफ्नो गोलसंख्या आठ पुर्‍याएका छन् । यसअघि, उनले एनआरटीविरुद्ध पनि दुई गोल गरेका थिए । फ्रेन्ड्स, खुमलटार, जावलाखेल र मनाङ मस्र्याङ्दीसँगको खेलमा दीपकले समान एक गोल गरेका थिए ।

०७८ को सिजन पहिलोपटक सातदोबाटोबाट खेल्दा दीपकको नाममा एक मात्र गोल थियो । दीपकले गत चैतमा लाओसविरुद्ध राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका थिए । च्यासल मैदानमा सातदोबाटोले दुईपटकको अग्रता रक्षा गर्न नसक्दा हिमालयनसँग २–२ को बराबरीमा रोकियो । हिमालयनका लागि निशान लिम्बू र सुशील राईले एक–एक गोल गरे ।

अर्काे खेलमा थ्री स्टारले संकटालाई २–० ले हरायो । 
खेलको ४६औँ सेकेन्डमै गोलले पछि परेको हिमालयनले ७२औँ मिनेटमा बराबरी गोल फर्कायो । खेलको ५८औँ मिनेटमा मैदानभित्र प्रवेश गरेका लिम्बूले अबायमीको पासमा बराबरी गोल फर्काए । खेलको ८०औँ मिनेटमा सातदोबाटोका दीपकले सार्दाेरबेकको पासमा २–१ का लागि गोल गरे । खेलको ८३औँ मिनेटमा हिमालयनका सुशीलले २–२ को स्थितिमा पु¥याए । कप्तान विश्वास श्रेष्ठको पासमा सुशीलले गोल गरेका हुन् । सातदोबाटो १८ अंकका साथ चौथो स्थानमा छ । हिमालयन १० अंकका साथ रेलिगेसन क्षेत्रमा छ । 

ह्याट्रिकबाट चुके मार्टिन्स
संकटाविरुद्ध ३–० को जित निकाल्दा थ्री स्टारका विदेशी फरवार्ड मार्टिन्स ह्याट्रिकबाट चुकेका छन् । दोस्रो हाफमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा मार्टिन्स ह्याट्रिकबाट टाढा रहे । खेलको ४९औँ मिनेटमा मार्टिन्सले प्राप्त पेनाल्टी पोस्टभन्दा बाहिर प्रहार गरेका थिए । जारी लिगमा मच्छिन्द्र फुटबल क्लबका आफिज ओलावाको नाममा मात्र एक ह्याट्रिक छ । थ्री स्टारको जितमा सन्तोष साहुखलले एक गोल गरे । 

ad
ad