१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहिता उल्लंघन गरेको भन्दै लामिछानेविरुद्ध श्रेष्ठको उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o१:oo

चितवन २ मा आचारसंहिता उल्लंघन गरेका भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले रास्वपा उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएका छन्। श्रेष्ठले प्रतिनिधिमार्फत लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

निर्वाचन सुरु भइसकेको अवस्थामा लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, मतदान स्थलमा हुलहुज्जत गरी मतदातालाई प्रभावित पारेको तथा प्रजिअको ठाडो निर्देशनमा सुरक्षाकर्मीद्वारा एकपक्षीय ढंगले मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेको उनको दाबी छ।

त्यसैगरी, किरण मावि भोजाड मतदान स्थलमा रास्वपा र उसका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको स्विकारेको विषयसमेत उजुरीमा उल्लेख गरिएको छ।

 

 

ad
ad