मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Tuesday, 01 September, 2026
२o८o बैशाख १० आइतबार १३:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हेमराज भाम स्मृति कपको उपाधि जुम्लालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १३:२८:oo

मुगुमा सम्पन्न हेमराज भाम स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जुम्लाका खेलाडीले प्राप्त गरेका छन्। घरेलु टोली रेड पान्डा एफसीलाई ३–१ गोलअन्तरले हराउँदै जुम्लाले उपाधि हात पारेको हो।

जुम्लाका अभिषेक बुढथापाले दुई र शेखर शाहीले एक गोल गरे। १०औँ मिनेटमा अभिषेकको गोलबाट जुम्लाले अग्रता लिएको थियो। दोस्रो गोल शेखरले २०औँ मिनेटमा गरेका थिए।

४५औँ मिनेटमा जुम्लाका खेलाडीको आत्मघाती गोलमा खेल २–१ को अवस्थामा पुगेको थियो। खेल सकिन चार मिनेट बाँकी रहँदा अभिषेकले अर्को गोल गर्दै जुम्लाको जित सुनिश्चित गरेका हुन्। जुम्लाले उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

भामवाडा फुटबल क्लबको आयोजनामा चैत २९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २८ टोलीको सहभागिता थियो। स्वर्गीय हेमराज भामको सम्झनामा प्रतियोगिता आयोजना गरिएको थियो।

भामवाडा फुटबल क्लबका तत्कालीन कप्तान हेमराजको गत वर्ष पुस २८ गते निधन भएको थियो। मुगुको एक सफल खेलाडी गुमाउनुपरेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गणेश सेजुवालले बताए।