१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका स्थानीय तहको बेरुजु २२ करोड पाँच लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

लमजुङका आठ स्थानीय तहमा २२ करोड बेरुजु देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष ०७८/७९ मा लमजुङका आठ स्थानीय तहमा २२ करोड पाँच लाख ५७ हजार बेरुजु देखिएको हो। नाै अर्ब ६४ करोड १२ लाख ८३ हजार बजेटको लेखा परीक्षण गर्दा २.२८ प्रतिशत बेरुजु देखिएको छ।

सबैभन्दा बढी राइनास नगरपालिकामा ४.११ प्रतिशत बेरुजु देखिएको छ । राइनासमा पाँच करोड ७३ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो। यस्तै सबैभन्दा कम मर्स्याङ्दी गाउँपालिकामा ७५ लाख ३१ हजार अर्थात्  ०.७२ प्रतिशत बेरुजु देखिएको छ।

जिल्ला सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा एक करोड ६९ लाख ९७ हजार अर्थात् १.१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, मध्यनेपाल नगरपालिकामा २.०४ प्रतिशत (दुई करोड ९५ लाख ४५ हजार रुपैयाँ) बेरुजु देखिएको छ। यता सुन्दरबजार नगरपालिकामा दुई करोड ८० लाख ५७ हजार रुपैयाँ अर्थात् १.८५ प्रतिशत बेरुजु देखिएको छ।

प्रतिवेदनअनुसार क्व्होलासोंथार गाउँपालिकामा दुई करोड १९ लाख ४७ हजार (३.६ प्रतिशत), दोर्दी गाउँपालिकामा चार करोड नाै लाख ९५ हजार (३.४१ प्रतिशत) र दूधपोखरी गाउँपालिकामा एक करोड ८१ लाख ५४ हजार रुपैयाँ (२.३३ प्रतिशत) बेरुजु देखिएको  छ।

आर्थिक वर्ष ०७७/७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु दखिएको थियो। कार्यान्वयनमा रहेको कुल सात अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २.९५ प्रतिशत रकम बेरुजु देखिएको थियो। त्यसअघि आव ०७६/७७ मा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो।