१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी टोकियो
Invalid date format o७:५२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जापानले विदेशी प्रतिभा आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरु गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी, टोकियो
नयाँ पत्रिका
Invalid date format o७:५२:oo

जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा अधिक विदेशी प्रतिभा आकर्षित गर्ने उद्देश्यले निश्चित सर्त पूरा गरेका विदेशी आवेदकलाई नयाँ प्रणालीले प्राथमिकता दिनेछ ।

नयाँ प्रणालीअनुसार निश्चित सर्तहरू जस्तै– स्नातकोत्तर डिग्री भएका र कम्तीमा २० मिलियन येन (एक लाख ५० हजार अमेरिकी डलर)को वार्षिक आय हुनुपर्नेछ । वर्तमान प्रणालीअन्तर्गत, शैक्षिक र रोजगार पृष्ठभूमिअनुसार वार्षिक आयजस्ता श्रेणीहरूअनुसार अंक निर्धारण गरिन्छ । एक निश्चित स्तरभन्दा बढी अंक भएका आवेदकलाई पाँच वर्षको उच्च कुशल व्यावसायिक भिसा प्रदान गरिने र तीन वर्षपछि अनिश्चित अवधिको बसाइको भिसा दिने प्रावधान गर्न सकिने बताइएको छ । 

नयाँ प्रणालीले स्नातकोत्तर डिग्री वा सोभन्दा माथिको वार्षिक आय र कम्तीमा २० मिलियन येन (एक लाख ५० हजार अमेरिकी डलर) को वार्षिक आयको साथ १० वर्ष वा सोभन्दा बढीको रोजगार रेकर्ड भएका उत्कृष्ट शैक्षिक अनुसन्धान, विशिष्टीकृत वा प्राविधिक गतिविधिहरू सञ्चालन गरिरहेका आवेदकलाई पाँच वर्षको भिसा दिइनेछ ।

सरलीकृत आवश्यकताहरू पूरा गर्ने र पाँच वर्षको भिसा प्रदान गरिएका आवेदकहरू जापानमा एक वर्ष बसेपछि स्थायी भिसाका लागि योग्य हुनेछन् । यो व्यवस्थाका लागि हाल कम्तीमा तीन वर्ष जापानमा काम गर्नुपर्ने प्रावधान छ । प्रधानमन्त्री फुमियो किसिदाले सम्बन्धित मन्त्रालयहरूलाई जापानमा उच्च दक्ष जनशक्ति आकर्षित गर्न सुधारमा विचार गर्न निर्देशन दिएपछि नयाँ उपाय लागू गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।