मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०८० बैशाख ६ बुधबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा बस र मोटरसाइकल ठक्कर खाँदा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० बैशाख ६ बुधबार १६:१८:००

महोत्तरीमा मोटरसाइकल र बस एक–आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ।

गौशाला नगरपालिका– १ स्थित रेल्वे पुलको करिब दुई सय मिटर उत्तरतर्फ मुख्य सडकमा गौशालाबाट बर्दिवास जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो।

बुधबार अपराह्न १२ बजे समसी–बर्दिवास–जनकपुर रुटमा चल्ने जयमाता दी ट्राभल्सको बा.३ख २३९६ नम्बरको बस र मधेस प्रदेश ०१ ००४ प ६८१९ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएको हो। 

दुर्घटनामा मोटरसाइकलचालक सिराहा जिल्ला कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी पाँच वर्षीया अंशु मण्डलको मृत्यु भएको हो। अमृत र अंशुलाई शुभ स्वस्तिक अस्पताल बर्दिवास र अञ्जुलाई ट्रमा सेन्टर बर्दिवास लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। 

शव हाल सोही अस्पतालमा रहेको र पोस्टमार्टमका लागि लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।