१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख ६ बुधबार o६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकले ल्यायो घरकर्जा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार o६:o६:oo

 सिद्धार्थ बैंक लिमिटेडले नयाँ वर्षको अवसर पारेर विशेष घरकर्जा सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ‘सिद्धार्थ हाम्रो घरकर्जा’ नाममा घर खरिद, निर्माण र पुनर्निर्माणका लागि घरकर्जा दिन लागेको हो । 

योजनाअन्तर्गत बैंकले ग्राहकलाई वार्षिक ११ दशमलव ७५ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने जनाएको छ । यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो सात वर्षका लागि स्थिर रहने बैंकले उल्लेख गरेको छ । योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ । 

बैंकले ग्राहकको सुविधालाई ध्यान दिएर ल्याएकामध्ये यो योजनाले आफ्नै घर बनाउने सपना पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।