मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ६ बुधबार ०९:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डढेलो नियन्त्रणमा खटिन ८४ वटै वन डिभिजनलाई परिपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ६ बुधबार ०९:०४:००

संघ सरकारले  वनजंगलमा लागेको डढेलो नियन्त्रणका लागि ८४ वटै डिभिजन वन कार्यालयलाई परिपत्र गरेको छ । मुलुकभरका वन क्षेत्रमा डढेलो लागेर कैयौँ स्थानका बस्तीमा पनि आगो सल्किन थालेपछि वन तथा भूसंरक्षण विभागले परिपत्र गरेको हो ।  

‘केही दिनदेखि देशका अधिकांश क्षेत्रमा वन डढेलो लागेको वन तथा भूसंरक्षण विभागमा सूचना प्राप्त भएको छ । समुदाय, सुरक्षा निकाय र वन कर्मचारीले सीमित स्राेत र साधनको प्रयोग गरी वन डढेलो नियन्त्रण र व्यवस्थापनमा अहोरात्र खटिएकै छन्,’ विभागले भनेको छ, ‘बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।’

दिनहुँ बढ्दै गएको वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि वन नियमावली, २०७९ को नियम (२)मा भएका प्रावधान तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाउन भनिएको छ भने सोही नियमको उपनियम (२) बमोजिम डिभिजनल वन अधिकृतले वन डढेलो नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी वन डढेलो नियन्त्रणमा सहयोग लिनुहुन, उपनियम (३) अनुसार उपभोक्ता समूह तत्काल परिचालन गर्न र उपलब्ध औजार, सामग्रीको अधिकतम परिचालन गर्ने व्यवस्था छ । 

विभागले वन डढेलो नियन्त्रण कक्ष सञ्चालन गरी भौगोलिक सूचना प्रणालीमा आधारित वन डढेलो सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सशस्त्र वन रक्षक तालिम केन्द्रमा रहेको जनशक्तिलाई चौबीसै घन्टा सजग रही वन डढेलो नियन्त्रण र व्यवस्थापनमा परिचालन हुन निर्देशन दिइएको विभागका उपसचिव सुदीप छत्कुलीले जानकारी दिए ।