१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा हत्या आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१९:oo

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्या घटनाका दुईजना आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दोगडाकेदार गाउँपालिका–८ तोलीका मन्दिरे भनिने २४ वर्षीय महेन्द्र विष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए।

महिलालाई आइतबार तथा अर्का आरोपित बिष्टलाई सोमबार घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको उनले बताए। 

आफ्नै मूलघरभन्दा अर्को घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको बैतडीका प्रहरी प्रवक्ता योगेश खत्रीले बताए। शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव भेटिएको थियो। 

मृतक जोशीका दाइ पुष्पराज जोशीले ज्यानसम्बन्धी कसुरमा बिष्ट र भण्डारीविरुद्ध सोमबार किटानी जाहेरी दिएका छन्।