१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ४ सोमबार १६:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सर्भर डाउन हुँदा अनलाइन राजस्व संकलन ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार १६:५१:oo

सरकारी राजस्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ। आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजस्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

‘यस कार्यालयबाट सञ्चालित प्रणाली आरएमआइए, टिएसए, सिजिएएस, सूत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछौँ,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्ण रूपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए। दिउँसो ३ घन्टा सर्भर पूर्ण रूपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ,’ उनले भने। 

उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाइनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ। राजस्व संकलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए। रासस