१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अर्थमन्त्री महतले भने- मिलेर अर्थतन्त्रका अप्ठ्यारा हटाऔँ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाई तथा शुभकामना दिएका छन्।

नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन्। 

वर्तमान समयमा निजी उद्योगी–व्यवसायीहरूमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर, केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए।

उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ। यो अप्ठ्यारोमा एक–अर्कालाई सहयोग गर्ने समय हो। सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ।’

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ। म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ। देशको इफिसेन्सी बढाउने चुनौती छ,’ डा‍. महतले भने, ‘हामीले नीतिगत रूपमा धेरै कुरा भनेका छौँ, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको छ। 

बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्राेतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादत्म्यका साथ हामीले सँगसँगै लैजानुपर्थ्यो । तर, राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौँ, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण भएको अर्थमन्त्री डा. महतले बताए।

यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकारात्मक हुनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ। उनीहरूको सल्लाह–सुझावमा पुराना नीतिहरू समयसापेक्ष बनाउने पहल गरिएको हो।’ 

निजी क्षेत्रले पनि वास्तविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए। ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो। अहिले बैंकर्स एसोसिएसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ।