मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ३ आइतबार ०७:२४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफ च्याम्पियन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ३ आइतबार ०७:२४:००

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो 

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पहिलो पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा हरायो । पहिलो सेट एपिएफले २५–२० ले जित्यो । ११–७ को अग्रता बनाए पनि पुलिस ब्लक र सर्भिसमा कमजोर रहँदा पहिलो सेट गुमाउन पुगेको थियो । दोस्रो सेटमा पुनरागमन गर्दै पुलिस २५–१८ ले विजयी भयो । तर, राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको एपिएफले तेस्रो सेट २५–१६ र चौथो सेट २५–२२ जित्न सफल भएको हो । जितसँगै एपिएफले समूह चरणमा बेहोरेको ३–० को सोझो सेटको हारको बदलासमेत लिएको छ । 

च्याम्पियन एपिएफले चार लाख र दोस्रो भएको पुलिसले २ लाख नगद प्राप्त गरे । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको तेस्रो स्थान विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्राप्त गर्‍यो । आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । २५–१८, २५–११ र २९–२७ ले खेल जितेको आर्मीले एक लाख पायो । चोथो भएको गण्डकीले ५० हजार प्राप्त गरेको छ । 

टेकराज सर्वाेत्कृष्ट खेलाडी
एपिएफका ओपन स्पाइकर टेकराज अवस्थी सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका टेकराजले नगद १५ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट स्पाइकरमा आर्मीका धनबहादुर भट्ट क्षेत्री, लिबेरोमा एपिएफका विनोद चन्द, सेटरमा एपिएफकै लोकेन्द्र गिरी, ब्लकरमा एपिएफका सुनील घर्तीमगर, सर्भरमा पुलिसका इम रानामगर तथा प्रशिक्षकमा एपिएफका महेशप्रसाद चौधरी उत्कृष्ट भए । उत्कृष्ट सबैले जनही १० हजार नगद पुरस्कार जितेका छन् । पाँच टोली सहभागी प्रतियोगिताका विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण अधिकारी र महासचिव निर्मल आचार्यलगायतले पुरस्कृत गरे ।