१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Friday, 09 May, 2025
२o७९ चैत ३० बिहीबार १७:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोना बिमाको रकम उपलब्ध गराउन प्रेस युनियन सुनसरीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १७:२३:oo

नेपाल प्रेस युनियनले सुनसरीका कोरोना संक्रमित सञ्चारकर्मीको बिमा रकम उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ।

बुधबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आइएमई जनरल इन्स्योरेन्स कम्पनी काठमाडौंलाई ध्यानाकर्षणपत्र बुझाउँदै कोरोना संक्रमित सञ्चारकर्मीहरूको कोरोना बिमाबापतको रकम उपलब्ध गराउन माग गरेका हुन्।

इन्स्योरेन्सका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै अधिकारीले कुल ४८ मध्ये ३० जनाको एक लाखका दरले बिमाबापतको रकम उपलब्ध भए पनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गरे।

ध्यानाकर्षणपत्र बुझ्दै कार्कीले हालसम्म सुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्ता बसेर भुक्तानी दिइने प्रतिबद्धता व्यक्त गरे। अहिले बिमा कम्पनीको हातमा भुक्तानी दिन मिल्ने अवस्था नभएको भन्दै उनले सरकारसँग वार्ता बसेर समाधान गरिने बताए।

युनियनले कोभिड महामारीको समयमा सुनसरीका दुई सय ६० सञ्चारकर्मीहरूको निःशुल्क कोरोना बिमा गरेको थियो। जसमध्ये ४८ जना संक्रमित भएका थिए भने हालसम्म ३० जनाले एक लाखका दरले भुक्तानी पाइसकेका छन्।