१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:२६:oo

नेपालमा बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ। 

बिहीबार काठमाडौंमा आयोजित ‘बालकप्रति हुने यौन दुर्व्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा भ्वाइस अफ चिल्ड्रेनले विभिन्न वहानामा नेपालमा पनि बालकमाथि यौन हिंसा हुने गरेको पाइएको जानकारी दिएको हो।

नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७८–७९ मा ९३ र ०७७–७८ मा ९० बालक यौन हिंसामा परेका छन्। भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरैजसो बालक यौन हिंसामा पर्ने गरेको बताए। बालकलाई फकाइफुल्याई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागी गराउने गरेको उनको भनाइ थियो।

बालकमाथि हुने यौन हिंसाका घटनामा कम उजुरी पर्ने गरेका छन्। तर, नेपालमा बालकको अनुभवलाई साधारण रूपमा लिइन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन। यौन दुर्व्यवहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, बाैद्धिक तथा मानसिक रूपमा असर पर्ने गर्दछ। 

अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत देशले वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् । 

यस्तै विश्वभर ६ बालकमध्ये एक जना १८ वर्ष हुनुअधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ।

बालकलाई गोप्य अंग छोएर वा छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुमसुम्याउनु, अश्लील शब्द प्रयोग गरेर बोलाउनु, अश्लील तस्बिर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अंग हेर्नु वा हेर्न लगाउनुजस्ता कार्य यौन दुर्व्यवहार हुन् । बालकलाई पनि यौन दुर्व्यवहार हुन्छ भनेर सचेतना फैलाउन आवश्यक छ ।

ad
ad