मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३० बिहीबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवा संघको अध्यक्षमा क्षितिज थेबे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३० बिहीबार १४:४२:००

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । संघको नवौँ राष्ट्रिय महाधिवेशनले थेबेलाई निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षहरूमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम निर्वाचित भएका छन् ।  सुमन पुरी महासचिवमा निर्वाचित हुँदा उपमहासचिवद्वयमा महेन्द्र गुरुङ र राजन थापा चयन भएका छन् ।

महाधिवेशनले सचिवमा विनय शाह, खेम शर्मा,  जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द,  पर्वत भण्डारी र कुवेर अधिकारीलाई चयन गरेको छ।

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)मा राकेश राई, लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाईं, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रवीण, अनुशासन आयोगको प्रमुखमा  राकेश लामा, उपप्रमुखमा दीपेश खड्का र सचिवमा राजन नेपाली चयन भएका छन्।

त्यसैगरी, संघको निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन्।