Skip This
नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रस्थान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)स्थित युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्ट्रिगेटेड स्टाब्लाइजेसन मिसन (मिनुस्का)मा भवानी बक्स गणको पाँचौँ डफ्फा र सैनिक प्रहरी युनिटको आठौँ डफ्फा सहभागी टोली प्रस्थान गरेको छ।

गएराति सेनानी केशवबहादुर थापाको नेतृत्वमा एक सय ६३ सैनिकको अन्तिम टोली इथियोपियन एयरलाइन्सको चार्टर उडानबाट प्रस्थान गरेको हो। सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार यसअघि खटिएको जबरजंग गण (शान्ति सेना) हाइरेडिनेस प्रोटेक्सन बटालियनको चौथो डफ्फा र सैनिक प्रहरी युनिटको सातौँ डफ्फा फर्केको छ।

कार मिसनमा प्रमुख सेनानी रितबहादुर रानाभाटको कमान्डमा सात सय ३३ सैनिक खटिएका छन्। यसअघि भवानी बक्स गणका चार सय ६७ तथा सैनिक प्रहरी युनिटका एक सय तीन गरी जम्मा पाँच सय ७० सैनिक मिसन इलाकामा पुगिसकेका छन्। बुधबार राति गएको अन्तिम टोली हो। एक वर्षपछि शान्ति सेनामा खटिएका सैनिक स्वदेश आउनेछन् भने शान्ति मिसनमा नयाँ टोली जानेछन्।

उक्त मिसनमा यसअघि तैनाथ जबरजंग गण, चौथो डफ्फा र सैनिक प्रहरी युनिट, सातौँ डफ्फाका एक सय ६२ जना सैनिकहरू प्रमुख सेनानी राजेशविक्रम शाहीको नेतृत्वमा बुधबार स्वदेश फर्केका छन्।