१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि २ बजेदेखि पुनः मतदान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि पुनः निर्वाचन हुने भएको छ। बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुनः निर्वाचन हुन लागेको हो।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ। रामचन्द्र संघई भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले बताए।

उनले महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भए पनि चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूमध्ये कुनै एक उम्मेदवारकाे ५० प्रतिशतभन्दा धेरै मत नपुग्ने भएकाले पुनः दुईजना उम्मेदवारबीच निर्वाचन हुने बताए। 

उनले महासंघको विधानअनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने बताए। उनले वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान २ बजेदेखि ५ बजेसम्मका लागि तोकिएको बताए। 

निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एकजना निर्वाचित भएका छन्।

जिल्ला–नगर र एसोसिएटमा संघई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन्। जिल्ला–नगरमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित भएका हुन्।